• mortgage
  • nepali tv
  • milan tamu
  • gurkha taxi
  • ime
  • namaste enterprise
  • Top Six
  • Top five
  • bgws radio
  • Top Third
  • everest travel
  • Top First
ताजा समाचार

E-paper Click Here

Epaper

Rasiphal

मेष मेष

( चु चे चो ला लि लु ले लो अ )
साताको सुरुमा समय प्रतिकूल रहनेछ । आत्मविश्वास बढ्ने देखिन्छ । अचानक काममा बाधा आउन सक्छ । काम समयमै सक्ने कोसिस गर्नुहोला । आर्थिक पक्ष राम्रो छ ।

Date Converter

Promotions

  • left one
  • Left Six
  • Left Five
  • Left Four
  • Left Three
  • Left One

मुख्य समाचार

 जनजातिहरुबाट हदैसम्मको विद्रोह जनजातिहरुबाट हदैसम्मको विद्रोह
- विश्वमा रहेका नेपाली आदिवासी जनजातिहरु आफ्नो हकअधिकार स्थापना गर्न विद्रोहसम्मको तयारीमा छन्

 चारभञ्ज्याङ्ग तमू समाजद्वारा संसद भवन भ्रमण चारभञ्ज्याङ्ग तमू समाजद्वारा संसद भवन भ्रमण
- गत मे २ का दिन चारभञ्ज्याङ्ग तमू समाजद्वारा संसद भवनको भ्रमण गरेको छ ।

तस्वीर:

  • Photos

    party

  • Photos

    party

  • Photos

    यूकेमा बैबाहिक कार्यक्रम

  • Photos

  • Photos

    यूकेमा बैबाहिक कार्यक्रम

  • Photos

    यूकेमा बैबाहिक कार्यक्रम

  • स्विजरल्यान्डका कार्यकारीको तलब घट्ने
    जेनेभा । स्विजरल्यान्डका जनताले व्यापारिक कार्यकारी प्रमुखको तलबमान नियन्त्रण गर्ने तथा उनीहरूलाई अवकाश लिन लगाउँदा दिइने ‘स्वर्ण प्यारासुट’ (गोल्डेन प्यारासुट) नाम गरिएको क्षतिपूर्तिका विषयमा आइतबार मतदान गरेका छन् ।  यसलाई ‘माइन्डर इनिसिएटिभ’ भनिएको छ र यसलाई व्यापारी तथा सिनेटर थोमस माइन्डरले अगाडि बढाउनुभएको हो । मध्यान्हसम्म सम्पन्न भएको मतदानमा प्रस्तावको पक्षमा ६७.४ प्रतिशत मत प्राप्त भइसकेको बताइएको छ ।  अभिमत सर्वेक्षणमा यो प्रस्ताव मुलुकभर तथा जुरिकमा लागू हुने देखिएको छ । यहाँ मतकेन्द्र स्थानीय समय अनुसार साँझको ६ः३० बजेसम्म खुला रहेको थियो । स्विजरल्यान्डका जनतालाई मुलुकको प्रत्यक्ष प्रजातान्त्रिक प्रणाली अनुसार वर्षमा अनेकौँपटक मतदान गर्न लगाइन्छ । यसका लागि मतदाताले मतदानको दिनपूर्व पनि मतदान गर्न पाउँछन् ।  युरोपेली महासङ्घका मुलुकमा देखिएको आर्थिक सङ्कट टार्न भने स्विजल्यान्ड सफल भएको छ । यसो भएपनि व्यापार व्यवसायका कार्यकारी प्रमुखहरूले उच्च रूपमा वेतन तथा अन्य सुविधा लिएकोमा त्यहाँका जनता क्रुद्ध देखिएका छन् ।  यसरी अधिक मात्रामा वेतन लिएको आरोप औषधि उत्पादन कम्पनी नोभार्तिसका पूर्व कार्यकारी प्रमुख ड्यानियल भासेला पनि परेका छन् । उनले सन् २०११ मा एक करोड ५० लाख स्विस फ्र्याङ्क बराबर तलब बुझेका थिए । उनले यसै वर्ष फेब्रुअरी महिनादेखि नोकरीबाट अवकास लिन छ वर्षमा सात करोड २० लाख स्विस फ्र्याङक ‘स्वर्ण प्यारासुट’ पाउने व्यवस्था गर्न खोज्दा जनता झनै क्रुद्ध भएका थिए । भासेला सन् १९९६ देखि यस कम्पनीको प्रमुख पदमा रहेका थिए । उनले आफूलाई यस मतदानको प्रमुख मुद्दा नबनाइयोस् भनी ‘स्वर्ण प्यारासुट’ नलिने बताएका थिए ।  अर्का औषधि उत्पादन कम्पनी रोकका कार्यकारी प्रमुख सेभेरिन सेवानले एक करोड २५ लाख स्विस फ्र्याङक, खाद्य व्यापार नेस्लेका प्रमुख पाउल बल्कले एक करोड १२ लाख स्विस फ्र्याङक तथा चकलेट समूह लिन्डले एक करोड स्विस फ्र्याङक वार्षिक रूपमा तलब लिने गरेका छन् र उनीहरू पनि यस विधेयकको लक्ष्य बनेका छन् ।  सांसद माइन्डर आफैँ ट्रिबोल एसए नामक दाँत तथा कपालका लागि सामग्री उत्पादन गर्ने संस्थाका प्रमुख हुन् र उनले कम्पनीका सञ्चालक बोर्ड कार्यकारी प्रमुखको तलब नियन्त्रण गर्न असफल भएको बताए ।  उनले दैनिक पत्रिका ली टेम्प्सलाई कम्पनीमा पाँच प्रतिशत डिभिडेन्ड उपलब्ध गराउने तथा जगेडा कोषमा राख्नुको सट्टा कार्यकारी प्रमुखहरूलाई ठूलो आकारमा वेतन दिने गरिएको बताए । यो प्रस्ताव पारित भएमा कम्पनीका कार्यकारी प्रमुख, अन्य प्रमुख तथा सञ्चालकले पाउने वेतन तथा सुविधालाई साधारण सभाले पारित गर्नुपर्छ । यी कुरा विदेशी शेयर बजारमा सूचीकृत भएका कम्पनीमा मात्र लागु हुनेछ ।  यसमा सञ्चालक बोर्डको सदस्यको कार्यकाल एक वर्ष तोकिएको छ र उनीहरूलाई स्वर्ण प्यारासुट जस्ता सुविधा दिन प्रतिबन्ध लगाइएको छ । यसैगरी कसैले कम्पनी खरिद गरेमा उसलाई पहिलेको कामको बोनस दिन पनि प्रतिबन्ध लगाइएको छ ।  यो कानुन तोडेमा तीन वर्षसम्म काराबास तथा छ वर्षको तलब बराबर जरिवाना हुनसक्छ । स्विजरल्यान्डको सरकार तथा संसदको माथिल्लो सभाले यस विधेयकलाई विरोध गरेको थियो । उनीहरूले ठूला कम्पनीहरू मुलुकबाहिर जानसक्ने धारणा राखेका थिए ।  माइन्डरको प्रयासलाई असफल बनाउन संसदले अर्को प्रस्ताव अगाडि बढाएको छ र त्यो खासै प्रभावकारी देखिदैन । माइन्डरको प्रयास सफल भएमा सरकारले यससम्बन्धी कानुन तयार गरी संसदबाट पारित गर्नुपर्छ र यसका लागि एक वर्षभन्दा बढी समय लाग्नेछ ।  यो प्रस्ताव असफल भएमा संसदले प्रस्तुत गरेको प्रस्ताव कानुन हुनेछ । माइन्डरको प्रस्तावको विरोधमा स्विजरल्यान्डको कर्मचारी सङ्गठन इकोनोमिसुइसले ८० लाख स्विस फ्र्याङक खर्च गरेको थियो ।

    वार्तानै सिरिया द्वन्द्वको समाधान

  • नेपालका रेग्मी सरकारलाई सुझाव
    क्या. राम थापा
      अन्तरिम चुनावी मन्त्रीपरिषद्का सम्माननीय अध्यक्षज्यूमा नुवाकोट जिल्ला पञ्चकन्या गाविसका स्थानीयवासीहरुको तर्फबाट वर्तमान परिस्थितिमा सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका सम्बन्धमा राज्यको कमजोर नीतिका कारण देशका सम्पूर्ण ग्रामीण जनताहरुले समस्या भोग्नु ध्यानाकर्षण गर्दछौं ।  देशको अर्थतन्त्रमा आएको शिथिलता, विकास निर्माण प्रकृयामा देखिएको ढिलासुस्ती एवं उपलब्धिहीन अवस्था तथा विविध समसामयिक विषयहरुमा स्थानीयस्तरका शुभचिन्तक, भुक्तभोगी अनुभवी, शिक्षक, बुद्धिजीवी, कर्मचारीलगायत व्यक्तिहरुबाट समेत प्राप्त राय–सुझावलाई समावेश गरी सरकारले आगामी आर्थिक वर्ष २०७०/०७१ का लागि ल्याउने बजेट र नीति तथा कार्यक्रममार्फत् तपशिलका राय सुझावहरुलाई मन्त्रीपरिषद्को बैठकमा यथोचित समेट्नका लागि पहल हुने विश्वास राख्दछौं ।  राय सुझावहरु ः १) आगामी आ.ब. २०७०÷०७१ का लागि सरकारको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिँदा विकास निर्माण प्रकृयामा विकास योजनाहरु समयमा सम्पन्न हुन नसक्नुको साथै आर्थिक वर्षको अन्त्य र बर्षात्को मौसमको पूर्वसन्ध्यामा आएर जनताको आँखामा छारो हाल्दै हतारमा बजेटको ठूलो हिस्सा सिध्याउने प्रवृतिले गर्दा राज्यको ठूलो धनराशि लगानी हुन गएपनि उपलब्धिहीन हुने गरेको तितो यथार्थप्रति सरकारले गम्भीर मनन गरी निम्नलिखित पक्षहरुमा विशेष सुधारको पहल गर्न अपरिहार्य छ ।  (क) नयाँ आर्थिक वर्ष बैशाख १ गतेबाट लागू गरिनुपर्ने भनि लामो समयदेखि चर्चामा आउने गरेको तर हालसम्म कार्यान्वयनमा ल्याउन नसक्दा हालसम्म विकास निर्माणमा देखिएको ढिलासुस्ती एवं उपलब्धिहीन तथ्यलाई मध्येनजर राखि आगामी आ.ब. ०७०÷७१ का लागि बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्दा बैशाख १ बाट नयाँ आर्थिक वर्ष लागू गरिने नीति बनाई कार्यान्वयनमा ल्याउनेतर्फ जोडदार रुपले बहस गरियोस् ।  (ख) जुनसुकै सरकार बने पनि देशको बजेट सार्वजनिक गर्ने विषयलाई अन्य राजनैतिक विवाद र मुद्दासँग नजोडी आर्थिक वर्ष शुरु हुने महिनाको ढिलोमा पहिलो हप्ताभित्र कुनैपनि हालतमा पूर्णबजेट सार्वजनिक गरिसक्ने अनिवार्य नीति ल्याई त्यसलाई कडाईका साथ लागू गरिनुपर्ने साथै विकास निर्माण प्रकृयाको ढिलासुस्ती अन्त्य गर्न समय तालिकासहित तयार गरी प्रत्येक वर्षको मनसुनि बर्षात्को अन्त्यसँगै अर्थात् कार्तिक महिनाको पहिलो÷दोस्रो हप्ताबाट प्रत्येक योजनाहरुको  कार्य सञ्चालन सुरु भैसक्नु पर्ने नीति लागू गरिनुपर्ने ।  (ग) बैशाख १ गते आर्थिक वर्ष शुरु गरि बजेट सार्वजनिक भएको ढिलोमा तीन महिनाभित्र अर्थात् असार महिनाको अन्त्यसम्ममा बजेट पारित÷स्वीकृत गर्ने कार्य पूरा भई सो को अख्तियारी योजना सञ्चालन गर्ने सम्पूर्ण विभाग निकायमा पठाई सक्नुपर्ने ।  (घ) सम्बन्धित विभाग÷निकायले त्यस्तो अख्तियारी प्राप्त भएको ढिलोमा तीन महिनाभित्रमा अर्थात् असोज मसान्तभित्रमा सम्पूर्ण योजनाहरुको ठेक्का पट्टा सम्झौता आदिको काम सम्पन्न गरी कार्तिककोे पहिलो÷दोस्रो हप्ताबाट योजना सञ्चालन काम शुरु भैसक्नु पर्ने गरी विशेष निर्देशन जारी गरिनु पर्ने ।  (ङ) योजना सुरु भएको करिब चार महिनाभित्रमा सम्पूर्ण योजना सम्पन्न एवं फरफराक भुक्तनी गरी फाल्गुण मसान्तसम्ममा प्रतिवेदन विभाग÷निकायले सम्बन्धित मन्त्रालयमा पठाइसक्नु पर्ने गरी निर्देशन गरिनुपर्ने ।  (च) प्रत्येक चैत महिनालाई आगामी नयाँ आ.बंको लागि योजना तर्जुमा÷छनौटसम्बन्धी विशेष अभियानको महिना घोषण गरी सो अवधिभरिमा प्रत्येक विभाग÷निकायले आगामी आ.ब.को लागि राय सुझावसहितको आवाश्यक बजेट÷योजना माग गरी सम्बन्धित मन्त्रालयमा पठाईसक्ने व्यवस्था लागू गर्दै पुनः अर्को वर्षको बजेट बैशाख १ गते सार्वजनिक गर्ने नीति लागू गरिनुपर्ने ।  (छ) ठेक्कापट्टाबाट सञ्चालन गरिने योजनाहरुको ढिलासुस्तीको अन्त्य गर्न र पारदर्शितामा जोड दिन प्रत्येक स्थानीयस्तरमा एक सशक्त कृयाशील अनुगमन एवं सुपरीवेक्षक टोली ÷समिति गठन गर्ने र सो टोलीको अनुगमन मूल्याङ्कन प्रतिवेदनबेगर कुनैपनि ठेकेदारले भुक्तानी फरक फरक गरी उम्कन नपाउने अनिवार्य नीति बनाई अधिराज्यभर कढाइका साथ लागू गरिनुपर्ने ।    (ज) उपभोक्तद्धारा ठेक्कापट्टामार्फत् सञ्चालन गरिने जुनसुकै योजनाहरुको लागत ईष्टमेट तयार गर्दा विगतमा प्रविधिकपक्षबाट देशका भौगोलिक अवस्थाको बारेमा फिल्डमा गएर चेकजाँच एवं निरीक्षण नै नगरी हचुवाको भरमा कार्यालयमै बसी ल.हे. तयार गर्ने र ठेकेदारले सोहीअनुसार काम गर्दा स्थानविशेषको समस्या एकातिर र काम अर्कोतिर हुन गई योजना उपलब्धिहिन र निष्प्रभावी बन्ने गरेको हुँदा अबदेखि त्यस्तो गल्ती कमजोरीहरु दोहरिन नदिन स्थानीय उपभोक्ता अनुगमन एवं सुपरिवेक्षण टोली प्रतिनिधिको उपस्थिति÷रोहबरमा योजना इष्टिमेट गर्दा फिल्डमै गएर निरीक्षण गरेर मात्र गरिने व्यवस्था मिलाउन सम्बन्धित विभाग÷निकायलाई निर्देशन दिई कडाईका साथ लागू गराईनु पर्ने ।    (२)  जुनसुकै सरकार बने पनि मजदुर र किसानको हकहित र मागलाई सम्बोधन गर्ने काम हुन नसकेको र केवल नारामा मात्र सीमित देखिनुको साथै किसानको उत्पादन र बजार मूल्यको बिचमा ठूलो अन्तर रहेको, यसको मूलकारण माफिया सञ्जालको चङ्गुलमा फस्न गई उनीहरुले बिचमा बसेर ब्रह्मलुट मच्चाउने प्रवृत्तिले गर्दा वास्तविक किसान र निमुखा वर्ग सँधै ठगिने गरेकोप्रति सरकारले विशेष ध्यान दिई किसानको उपजको मूल्य र बजार मूल्यमा समायोजन ल्याउने ठोस नीति बनाई कडाइका साथ लागू गरिने पर्ने साथै आधुनिक र वैज्ञानिक कृषि प्रणाली तथा सिँचाई, मलखाद बिऊलगायत विशेष छुट र कृषिमा आधारित उद्योग व्यवसायमा जोड दिने व्यवस्था मिलाई कार्यान्वयनका लागि देशभर अभियान सञ्चालन गर्दै युवा स्वरोजगारतर्फ विशेष ध्यान दिइने नीति लागू गरिनु पर्ने ।    (३) देशको शिक्षा नीति अत्यन्तै कमजोर हुनाको कारण योग्यता, क्षमता र गुणस्तरमा बृद्धि हुनका सट्टा केवल प्रमाणपत्रमुखी शिक्षा बन्दै गैरहेको र गुणस्तरहीन शिक्षामा राज्यको ठूलो धनराशि खर्च भैरहेको तर्फ सरकारले गहन विश्लेषण गरि प्राविधिक र रोगजारमुलक शिक्षामा जोड दिइनु पर्ने ।    (४) देशको प्रशासनयन्त्र जतिसुकै चुस्त दुरुस्त राख्ने भनिए पनि अहिलेसम्म व्यवहारमा यस्तो देखिएको छैन । आलटाल, ढिलासुस्ती, कमिसन, भ्रष्टाचार, घुसखोरीजस्ता नालायक प्रवृतिमा कुनै कमि आएको देखिँदैन । सवारी जाँचपास तथा अनुमति पत्र बनाउँदा प्रहरीद्वारा घुस लिने, सवारी चालकसँग ट्राफिक प्रहरीले दिनदहाडै घुस लिने, मालपोतका कर्मचारीले जग्गा पास गर्दा घुस लिनेजस्ता व्यवहार दैनिकजस्तै भएको छ त्यस्तै प्रवृति अन्य निकायहरुमा पनि यथावत् छ । अतः सो नालायक र गलत प्रवृति रोक्नका लागि सरकारको तर्फबाट विशेष ध्यान दिई जुनसुकै निकाय विभागको कर्मचारी होस् निजले पाउने तलब, सुविधा आदिमा समयसांपेक्ष र बजार मूल्यको आधारमा वैज्ञानिक मापदण्ड कायम गरी यथोचित र यथासम्भव बृद्धि गर्ने व्यवस्था मिलाउनु पर्ने र तत्पश्चात पनि यस्तो प्रवृत्ति नरोकिएमा जंगी, निजामति, प्रहरी, ग्रैरसरकारी जुनसुकै कर्मचारीबाट नियतवस यस्ता कार्यमा संलग्न ठहरिएमा कडाभन्दा कडा सजाय वा आजीवन कारावासलगायत हदैसम्मको सजाय गर्ने नीति कडाइका साथ लागू गरिनु पर्ने अन्यथा कारबाहीको नाटक मात्र गर्ने हालसम्मको फितलो नीतिको फाइदा उठाउने प्रवृतिको अन्त्य देखिँदैन ।    (५) निर्वाचनको विशेष म्यान्डेटसहित बनेको बर्तमान सरकारले आमनेपाली जनताको चाहना र भावनालाई प्रतिनिधित्व गर्ने गरी देशको आर्थिक मितव्ययिततालाई समेत मध्यनजर राखि आगामी निर्वाचन मिति घोषणालगायत निर्वाचनसम्बन्धी योजना बनाउँदा यथासम्भव संविधानसभा संसदको निर्वाचनको साथसाथै स्थानीय निकायको निर्वाचनसमेत एकैसाथ सम्पन्न गर्ने विशेष अभियानसहितको योजना बनाउन सकेमा बढी उपलब्धिमूलक कम खर्चिलो र राष्ट्रले निकास पाउने कुरामा समेत ठूलो सफलता मिल्न जानेतर्फ समेत सरकारले गम्भीर विश्लेषणसहित योजना बनाउन विशेष पहल गरिनु पर्ने देखिन्छ ।    निचोडः  उपरोक्त राय सुझावहरु कुनै व्यक्तिगत, समुह विशेष र क्षेत्रगत संग मात्र सम्बन्धित नभै देशको समसामयिक, जल्दोबल्दो यथार्थ समग्र जनजीवनमा आधारित र अधिराज्यव्यापी समस्याहरुलाई स्थानीयस्तरबाट यथासम्भव प्रयत्न गरी समुन्नत राष्ट्र नेपाल र नेपालीहरुको हित चाहने शुभचिन्तक, अनुभवी, भुक्तभोगीलगायत बौद्धिक व्यक्तित्वहरुसमेतको राय सुझाव लिई संलन गरिएको र कुनै व्यक्ति वा निकायसँग प्रतिशोध साँध्ने उद्देश्यले नभै देशभरिकै स्थानीय जनताहरुले भोग्नु परिरहेको समस्या एवं पीडा र त्यसबाट मुक्ति पाउनका लागि राज्यले खेल्नुपर्ने महत्वपूर्ण भूमिकामा हालसम्म कमि देखिएको महसुस गरी उक्त सुझावहरुलाई व्यवहार र कार्यान्यवनमा नल्याइँदासम्म यो देशमा परिवर्तनको चाहना केवल कल्पना र कोरा नारामा मात्र सीमित हुने देखिएकोले आगामी आ.ब. ०७०/७१ का लागि आउने देशको बजेट वक्तव्यमार्फत् सार्वजनिक गर्नेतर्फ आवश्यक पहलकदमी लिनु हुनेछ र आवश्यक परेमा राय सुझावहरुलाई मन्त्रिपरिषद् बैठकमा समेत छलफलमा समावेश गरी यथोचित देखिएका बुँदाहरुलाई यथाशिघ्र लागू गराउन निमित्त जोडदार पहल हुनेछ भन्ने पूर्णविश्वास राखि हामी तपशिलका व्यक्तिहरु यो निवेदनसहित अनुरोध गर्दछौं । -नुवाकोट

    छुवाछूत र मानवीय मर्यादाको सवाल

    ०६२/६३ को त्यो आन्दोलन कसो मरिएन

    बाधा फुकाउँदा कसिएको संकट

  • कीर्तिमानी दाजुभाइ
    काठमाडौँ । सङ्खुवासभा मकालु गाविस– ९ नुर्वचौरका दुई शेर्पा आरोही दाजुभाइले पर्तवारोहणका क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेका छन् । पर्वतारोही मिङमा शेर्पा र छाङदावा शेर्पाले आठ हजार मिटर भन्दामाथिका विश्वका १४ वटा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन् । पर्वतारोही शेर्पाको परिवारले पर्वतारोहणका क्षेत्रमा निकट भविष्यमै अर्काे नयाँ कीर्तिमान लेखाउने तयारीमा लाग्नु भएको छ ।  उहाँहरूका छ दाजुभाइले एकैसाथ यस वर्ष विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणको तयारी गरिरहनु भएको छ । सगरमाथा आरोहण गर्ने क्रममा शेर्पाका चार दाजुभाइ अहिले आधार शिविर पुग्नु भएको छ भने मिङमा र छाङदावा केही दिनभित्रै त्यसतर्पm जाँदैहुनुहुन्छ । विश्वमा आठ हजार अग्लो चौध हिमालमध्ये आठ वटा नेपालमा पर्दछन् । कीर्तिमानधारी पर्वतारोही मिङमार र छाङदावाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफलतापूर्वक आरोहण गर्ने आफूहरू पहिलो नेपाली भएको दाबी गर्नुभयो । उहाँहरूले सन् २००० देखि हालसम्मको अवधिमा ती हिमालको आरोहण गनु भएको हो । उहाँहरूले सगरमाथा, मकालु, लोत्से, ब्रोड पीक, दामी काङ, नागा पर्वत, मनास्लु, लाङटाङ लिरुङ, कञ्चनजङ्गा, कञ्चनजङ्गा जी–१ जी–२, अन्नपूर्ण, धौलागिरि, के–२ र सीइसा पाङमा हिमालको आरोहण गरी सकेको जानकारी गराइयो ।  मिङमाले १६ र छाङदावाले १७ वर्षको उमेरदेखि हिमाल आरोहण अभियानमा सहभागी हुनु भएको हो । उहाँहरूले आरोहण गरेका १४ वटा हिमालमध्ये पर्वतारोहणका लागि सबैभन्दा अप्ठ्यारो पाकिस्तानको के–२ हिमाल जोखिमपूर्ण रहेको अनुभव रहेको सुनाए । आपूmहरूले कुनै आर्थिक लाभलाई भन्दा विश्वमा कीर्तिमान कायम गर्ने उद्देश्यले पर्वतारोहण क्षेत्रमा लागेको बताउँदै आफ्नो कीर्तिमान विश्व रिकर्डमा नाम दर्ता गराउने प्रयासमा रहेको उल्लेख गरे । हालसम्म विश्वका ३१ जना पर्वतारोहीले आठ हजार मिटरभन्दा माथिका हिमालको आरोहण गरिसकेकामा मिङमा २४ औँ र छाङदावा ३१ औँ आरोही भएको जानकारी दिइयो ।  पर्वतारोहण क्षेत्रमा विश्वमा नेपालको नाम फैलाउन नयाँ रेडर्क कायम गर्न आफूहरू सफल भएको जनाउँदै अब राज्यले आफूहरूलाई पनि केही गरोस् भन्ने चाहना रहेको उनीहरूले बताए ।

    सगरमाथा कालो देखिंदै, पर्यटक बढ्दै

    धार्मिक पर्यटनको विकास सुरु

    बौद्ध र हिन्दु दुवैका लाति तिर्थस्थल

  • नेपाली क्रिकेटरको विश्वकप सपना
    काठमाडौं । बर्मुडामा भर्खरै सम्पन्न आईसीसी विश्व क्रिकेट डिभिजन थ्रीको विजेता बनेलगत्तै नेपाली क्रिकेट टिम र खेलाडीहरूको प्रशंसामा अधिकांश नेपालीले सयौं शब्द खर्चिका थिए । र, बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा नेपाली क्रिकेट टिमलाई स्वागत गर्नेहरूको ठूलो भीड जम्मा भएको थियो । जसले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहित गरेको छ ।  बर्मुडाबाट नेपाल फर्किदा अन्तराष्ट्रिय विमानस्थलमा खुसी पोखियो बुधबार, नेपाली क्रिकेट टिमको नाममा । २० वर्षअघि नेपाली फुटबल टिमले दक्षिण एशियाली खेलकुदबाट स्वर्ण पदक जितेर फर्कदा यही विमानस्थलमा यस्तै सम्मान पाएको थियो ।  त्यसयता पुरानो सफलता दोहो-याउन नसक्दा फुटबलको लोकप्रियता धेरै हदसम्म गुमिसेको छ । २० वर्षको अवधिमा कुनै पनि विधाको खेल टिमलाई हौसला दिन यति धेरै संख्यामा दर्शकहरु विमानस्थल ओइरिएका थिएनन् । तर अहिले नेपालमा क्रिकेटको ख्यातिले अन्य सबै खेललाई छाया“मा पारिदिएको छ ।   अहिले कुनै खेलेको नतिजाले नेपाली दर्शकको ध्यान खिच्छ भने त्यो क्रिकेट नै हो । डिभिजन–३ को उपाधि जित्दै डिभिजन–२ को यात्रा गरेको नेपाली टिमलाई सम्मान गर्न बिहिबार विमानस्थलमा सोचेभन्दा धेरै दर्शक ओर्लिए ।  नेपाली टिमका कप्तान पारस खड्काले सञ्चारमाध्यममा कुराकानी गर्दै गर्दा उनलाई हौसला दिन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका समर्थकहरुको प्रतिक्रिया यस्तो थियो । धेरै पुरानो दिनमा फर्किनु पर्दैन, केही वर्षअघिसम्म पनि नेपाली क्रिकेटरहरुमाथि कठोर आरोप लादिन्थ्यो, यिनीहरु ब्याटिङ नै गर्न जान्दैनन् । तर सहनसिलता र धैर्यता राख्दै मेहनतसाथ उदेश्य चुम्ने यात्रामा निरन्तर तल्लिन नेपाली क्रिकेटरहरुले पूरानो आरोपलाई केही वर्षमै उल्टाइदिए । र आजको दिनमा आइपुग्दा स्वयम् तिनै नेपाली क्रिकेटरहरु दंग थिए । समर्थकको भीडमा घेरिएर अटोग्राफ बा“ड्न भ्याइनभ्याई क्रिकेटरहरुलले पनि छोटै समयको यो उपलब्धी सोचेका थिएनन्, सायद ।  विश्वकप छनौटको अन्तिम चरणमा स्थान बनाएको नेपाली टिमको आगामी लक्ष्य विश्वकप खेल्नु वा कम्तिमा पनि एकदिवसीय मान्यता हात पार्नु हो ।  नेपालले अब इन्टरकन्टिनेन्टल वान डे खेलिरहेका ६ राष्ट्रसहित पपुवा न्युगिनी, हङकङ र युगान्डास“गै प्रतिस्पर्धा गर्नेछ । त्यसैले टाढाको देशबाट सपना फर्काएको नेपाली टिम   फेरि ट्वान्टी ट्वान्टी तथा एकदिवसीय क्रिकेटको अन्तिम छनौट खेल्ने हतारोमा छ । नेपाली क्रिकेट टिमलाई सफलताको पथमा डोहो-याउन कसैको भूमिका महत्वपूर्ण साबित भएको छ भने त्यो प्रशिक्षक पुबुदु दासयनायकेकै हो । नेपाललाई सफलता दिलाएका पुबुदु पछिल्लो जितको खुसीयाली मनाउने मौकामा भने नेपाल फर्किएनन्  । उनी बर्मुडाबाट सिधै आफ्नो राष्ट्र क्याडेनतर्फ लागेका छन् । सायद, नेपालले कम्तिमा पनि एकदिवसीय मान्यता नपाएसम्म पुबुदुले खुसीयाली मनाउने छैनन् । उनी भन्दैछन्, नेपालले ट्वान्टी ट्वान्टी वा एकदिवसीयमध्ये आगामी संस्करणको कुनै एउटा विश्वकप खेल्न सकेन भने प्रशिक्षण नै छाड्नेछु । तर, तयारी राम्रो भयो भने डिभिजन–२ मा फेरि सफलता हात पार्दै विश्वकप खेल्ने हैसियत बनाउन सक्ने आत्मविश्वास प्रस्तुत गर्छन्, नेपाली टोलीका कप्तान पारस खड्का । लामो समयको मेहिनत र कुनै पनि हालतमा विश्वकप खेल्ने लगावको प्रतिफल नै अहिलेको सफलता रहेको कप्तान पारसको बुझाई छ । राष्ट्रिय क्रिकेट टोलीका अर्का भरपर्दा खेलाडी शक्ति गौचन भन्छन् – नेपालले विश्वकप खेल्ने नीति बनाउनुप-यो, भौतिक पूर्वाधारको निर्माण हुनुप-यो, विश्वकप सपना टाढा छैन । नेपाली क्रिकेट टिमले वर्षौदेखि देखेको सपना हो, विश्वकप । तर, नेपालको सपनाका लागि विगत बाधक बन्नुको पछाडी कमजोर भौतिक पूर्वाधार र तयारी नै थियो ।  हुन त भौतिक पूर्वाधारमा अझै राज्यको ध्यान पुगेको छैन, तर समस्याबीच पनि नेपालले भएकै पूर्वाधारमा राम्रो तयारी ग¥यो, यसपटक ।  त्यसैले नेपाल डिभिजन–२ मा उक्लिन सफल भयो । तर अब विश्वकपमा छनौट हुनका लागि केवल भौतिक तयारीले मात्रै पनि पुग्दैन्, खेलाडीको मनोबललाई हरपल तयारी अवस्थामा राख्नुपर्छ । खेलाडीलाई क्रिकेटको लक्ष्यमा सधै एकोहोरो बनाइराख्न उनीहरुको भोको पेट र भविश्यप्रति राज्य र सरोकारवाला पक्ष गम्भीर बन्नु जरुरी छ । केवल प्रशिक्षक र खेलाडीकै भरमा विश्वकप खेल्ने सपना देख्नु नेपालका लागि व्यर्थ हुनेछ ।

    अमेरिकासँग ९४ रन नेपाल पराजित

    १४ वर्षको जीत कायमै

    टोटेनहमको जीत

  • टुहुराको मन
    द्रोणाचार्य
    आफ्नो भाग्य सम्झेर ऊ धेरै बेर रोयो ।  पहिल्यै यसरी त्यो गाउँले केटो कहिल्यै रोएको थिएन, तर जब होटल मालिकले अनाहकमा गाली ग¥यो, त्यो टुहुरो, भाग्यले ठगिएको केटाले मन थाम्न सकेन । हतारहतार भाँडा माझ्योे, सधैंझैं टल्किएका भाँडामा आफूलाई हेरेन किनभने अनुहारमा बादल लागेको थियो अनि वर्षन मात्र बाँकी थियो, खानापनि खाएन, मालिकको वचनले अघाइसकेको थियो । आफ्नो दुःखको साक्षी होटलको सानो, उसको जीवनजस्तै निष्पट्ट अँध्यारो कोठामा हुर्रियोे, बिस्तरामा हाम्फाल्योे, सिरकले मुख छोप्यो अनि धुरुधुरु रोयो आफ्नो कर्म सम्झेर ।  रोएपछि मन अलि हल्का भयो । आमापनि हरेक दिन रुन्थी उसलाई छातीमा टाँसेर, उसकोे बाँच्ने सहारा उही त थियो । दिनभर काम गर्थी, अनि साँझ परेपछि जँडयाहा लोग्नेको गाली खान्थी, लात खान्थी, आफू नखाइ नखाइ छोरालाई खुवाउँथी, मीठामीठा कथा सुनाएर उसलाई सुताउँथी । बिचरीले कति रात रोइरोइ बिताइ बिताइ ।  आफ्नो छोरालाई काखमा खेलाउँदा सबै दुःख बिर्सन्थी ऊ, तर त्यस दिन उसले सहन सकिन ।  असार महिनाको पूर्नेको रात उसको जँडयाहा लोग्नेले सौता ल्यायोे । आश्रयहीन ऊ बहुलाहीझैं जङ्गलतिर दगुरी झरीमा, उसलाई लाग्यो लोग्ने, सौता र सारा समाज उसलाई भीरतिर लखेटिरहेछन्, उसका भगवान टुलुटुलु हेरिरहेछन्, मृत्यु उसलाई बोलाइरहेछ ।  नाबालक छोरो सम्झी तर यसपटक छोराको मायाले बाँध्न सकेन उसको मन । उसलाई लाग्यो ऊ अब छोराको लागि केही गर्न सक्तिन किनभने उसमा दुःख सहनसक्ने क्षमता बाँकी छैन ।   भीरछेउ पुगी, छोराका कोमल हातले छेकेजस्तो लाग्यो अनि लोग्ने र सौताका बलिया हातले घचेडेजस्तो लाग्यो । अनि ऊ भीरबाट हाम्फाली । उसको दुःखको अध्याय सकियो, छोराको शुरु भयो ।  सौतेनी आमाको खटनमा उसको कष्टकर जीवन शुरु भयो । पढाइ छुट्यो, घाँसदाउरा गर्दैमा बाल्यकाल बित्न लाग्यो । यतिसम्म त सहेकै थियो, तर दिनभरि काम गर्दा पनि भोकभोकै सुत्नुपर्दा, सौतेनी आमाको गाली सुन्नुपर्दा, पिटाइ खानुपर्दा टुहुराको मन रुन्थ्यो ।  गाउँमा ऊजस्ता अभागीहरूको कमी थिएन । घाँसदाउरा खोज्न जाँदा, गाइ चराउन जाँदा ती दुखी केटाकेटी मनको वह पोख्थे, आफ्नो भाग्य सम्झेर रुन्थे । रोएर मात्रै जीवन चल्दैनथ्यो, त्यसैले तिनले घर छोड्ने सल्लाह पनि गर्थे । ठूला सपना थिएनन्, खाली सौतेनी आमाको पञ्जाबाट कसरी छुट्ने, जँडयाहा, अकर्मण्य बाबुको अन्यायी संसारबाट कसरी भाग्ने भन्ने ध्याउन्नामात्र थियो बिचराहरूको ।  दशैंका बेला लाहुरे आउँथे, दिल्लीको कुरा गर्थे, बम्बैको झिलिमिलिको, हङकङको, ब्रुनाइको कुरा गर्थे । अनि ती भर्खर जुँगाको रेखी बसेकाहरू विदेशी सेनामा भर्ना हुन लालायित् हुन्थे, अकर्मण्य बाबुसँग नसकेपनि बाँकी संसार जित्न सकिन्छ भन्ने सोच्थे ।  आमाको बर्खी भर्खरै सकिएको थियो । सौतेनी आमा दुईजीउकी थिइ । बच्चा पाउने दिन नजिकिँदै जाँदा उसको अत्याचार झनभन बढ्दै थियो । गाई भीरमा चर्दै थिए, उसको मन चैते हुरीझैं बत्तिँदै थियो ।   यतिकैमा ठुलाघरे रामबहादुर आइपुगे । “भारी पुग्यो भाइ,” उनले सोधे । “छैन दाइ,” उसले खुइय काढयो मानौँ एकैचोटि छातीभित्रको जम्मै व्यथा एकै सासमा उडाउन चाहन्छ ।  कुरैकुरामा उसले थाहा पायो रामबहादुर त लाहुर जान लागेका रहेछन् । उसलाई ढुङ्गा खोज्दा देउता मिलेझैँ भयो । रामबहादुरको खुट्टामा छाँद हालेर रोयो । एकैछिन त लाहुरे अकमक्क प-यो तर तुरुन्तै सम्हालियो । सोध्यो, “किन, के भयो भाइ?”  उसले भन्यो, “मलाइ पनि तपाईँसँगै लैजानुस् दाई । म तपार्इँको खाना पकाउँछु, भाँडा माझ्छु, जुता टल्काउँछु, लुगा धुन्छु । मलाइ खानेबस्ने व्यवस्था मिलाइदिनुस्, तपाईँको सेवा गरेर बस्छु” ।   लाहुरेले केटाको दुःख देखेको थियो, हुन्न भन्न सकेन । त्यसपछि तिनीहरू लागे गोरखपुर ।  थाप्लेको सिरानबाट गोरखपुर देखिन्छ भन्ने सुनेको थियो उसले, आँखै अगाडि देख्दा त जिल्ल प-यो । रहँदाबस्दा गोरखपुरका गल्लीगल्लीसँग परिचित भयो, लाहुरेको सक्दो सेवा ग-यो । पल्टनमा भर्ती हुन खोज्याथ्यो तर खिरिलो ज्यानले के साथ दिन्थ्यो । अन्त्यमा उसले गोरखपुरको एउटा होटलमा भाँडा माझ्ने काम पायो, दुःखको अर्को श्रृंखला शुरु भयो ।  कहिले आधी पेट, कहिले खाली पेट धेरै भाँडा चम्कायो उसले, त्यसमाथि साहुको गाली त कति खायो खायो । गोरखपुरको त्यो अँध्यारो कोठामा जब पल्टन्थ्यो, आमा सम्झेर रुन्थ्यो, सौतेनी आमाको प्रताडना सम्झेर रुन्थ्यो, बाबुको लात सम्झेर रुन्थ्यो, आफ्नो भाग्य सम्झेर रुन्थ्यो । अपरिचित् शहरका गल्लीगल्लीमा त्यो बिचरो आफ्नो गाउँ खोज्थ्यो, अपनत्व खोज्थ्यो र हरेक साँझ हारेको योेद्धाझैं थकित ओढारजस्तो कोठामा फर्कन्थ्यो ।  जीवन यसैगरी चल्दै थियो, ऊ लड्दै थियो, रामबहादुर पनि लड्दै थियो, कहिले असमको जङ्गलमा, कहिले कश्मीरमा, विदेशीको इशारामा, विदेशीकै स्वार्थमा केही रुपियाँका लागि, मूल्यहीन तक्माका लागि, ‘वीरगति’ पाउनु व्यर्थको बलिदानको उत्कर्ष थियो ।  यस्तैमा एकदिन घरबाट चिठी आयो । सौतेनी आमा बितिछन्, छोरालाई एक्लै छोडेर ।  एक मन त सोच्यो, मेरो को छ र गाउँमा जाउँ, किन जाउँ त्यो अन्यायी संसारमा जसले मलाइ धकेलेर यहाँसम्म ल्याइपु-यायो ? आमा थिइनन्, बाउ पराइ भैसकेको थियो, के साइनो लिएर जाने ?  तर ऊ रातभर निदाउन सकेन, त्यो अबोध बालकको अनुहार आँखाभरि नाचिरहयो । आफूलाई उसका कोमल हातहरूले बोलाएजस्तो लाग्यो, सहारा खोजेजस्तो लाग्यो ।  अनि ऊ आफ्नो बाबुजस्तो, सौतेनी आमाजस्तो अनि होटलको साहुजस्तो निर्दयी हुन सकेन । मानवताको अगाडि निर्दयता हा-यो । चिठी पाएको अर्को दिन सखारै ऊ घरतिर लाग्यो सारा दुःख बिर्सेर । बाटोभरि उसलाई कतिखेर घर पुगूँला भन्नेमात्र लागिरह्यो, छटपटी भैरह्यो, पछि छुट्दै गैरहेका पहाड, जङ्गल, बजारहरूप्रति बेपर्वाह उसको मन रेलसँगै, बससँगै कुदिरह्यो निरन्तर घरतिर ।  ऊ घर पुग्दा साँझ परिसकेको थियो, कुकुरहरू भुकिरहेका थिए अपरिचितको आगमनमा । घरको उध्रेको छानाबाट जून चियाउँदै थियो गरिबको स्वर्गमा । उसको भाइ रोइरहेको थियो एकनास एक्लो घरमा, बाबु शायद रक्सी धोक्न गएको थियो ।  उसले बच्चालाई समात्यो र छातीभित्र लुकायो । आमाले भन्थी मान्छे बितेपछि जून हुन्छ, तारा हुन्छ अनि आफ्नाहरूलाई सधैँ हेरिरहेको हुन्छ, पछयाइरहेको हुन्छ । उसलाई लाग्यो आमा जून भएर उसैलाई हेरिरहेकी छे अपलक ।  

    भौतारीनुको मज्जा बेग्लै हुन्छ

    वैवाहिक वर्षगाँठ

    विखण्डित मन

  • बेलायत भ्रमण ‘टर्निङ प्वाइन्ट’ बेलायत भ्रमण ‘टर्निङ प्वाइन्ट’
    मनसुदन थापा/गायक लाहुरे हुन ‘गल्ला पास’ गरेर ब्रिटिस क्याम्प समेत छिरेका मनसुदन थापा परिस्थितिले लोकदोहोरी गायक बन्नुभयो । पल्टनमा जागिर खानको लागि भन्दै बुबासँग पैसा मागेर ०६१ सालमा ‘दमौली डुम्र्रे भन्सार’ गीत एल्बम निकाल्न काठमाडौं पस्नुभयो– थापा । ‘पल्टनको लाहुरे बन्न नपाएकोमा अहिले पनि कुनै पछुतो छैन’ भन्नुहुन्छ, ‘परिवारले लाहुरे बनाउने ठूलो चाहना गरेको भए पनि म गायक बनें यसैमा खुसी छु ।’ लोकगीतलाई संरक्षण र सम्वद्र्धन गर्न कलाकारहरु नै एकजुट हुनुपर्ने तनहुँका स्थायी वासिन्दा मनसुदनले पत्रकारिता पनि गरेको बताउनुभयो । जीवनभर लोकसंगीतमै लाग्ने अठोट राख्नुहुन्छ । सँगैका दौंतरीहरुले जीवनका लागि जोडी बाँधिसके पनि उहाँ भने अझै जीवनसाथीको खोजीमै हुनुहुन्छ । पहिलो विदेश भ्रमणअन्तर्गत बेलायत जान लाग्नुभएका लोकदोहोरी गायक थापासँग गरिएको अन्तरंग कुराकानी ः  ० हिजो–आज केमा व्यस्त हुनुहुन्छ ? – बेलायत कार्यक्रमका लागि जाने तरखरमा छु । ० भिसा लिइसक्नुभएको हो ? – धेरै पहिले नै पेश गरेको थिएँ । एक महिना भयो भिसा आएको । ० कसको निमन्त्रणमा जान लाग्नुभएको हो ? – यूके मगर संघको निमन्त्रणामा जान लागेको हुँ । हरेक वर्ष बुद्ध पूर्णिमाको अवसरमा गरिने कार्यक्रमका लागि यसपटक हामी जाँदैछौं । म जानुमा विशेषगरी मंगर संघ साँस्कृतिक विभाग प्रमुख अनिता रानामगरको भूमिका छ । ० भीसा शुल्क आपैंmले तिर्नुभएको हो ? हो, हामी सबैले व्यक्तिगत रुपमा तिरेका छौं । आप्mनै संस्था भएकाले । ० को को जाँदै ह्ुनुहुन्छ नि ? – गायिका टीका पुन, इन्दिरा जोशी र मेरो भीसा लागेको छ । आउँदो मे ७ सातमा बेलायत जान्छौं । ० बेलायतमा कुन–कुन कार्यक्रम गर्ने तयारीमा हुनुहुन्छ नि ? – हामीलाई यूके मगर संघले बोलाएको हुनाले उहाँको स्वीकृतिमा हामीले प्रस्तुति दिने हो । ११ मेमा मुख्य कार्यक्रम छ । अरुबेला मंगर संघको शाखाहरुले गरिने कार्यक्रममा भाग लिन्छौं । ० विदेश भ्रमणलाई कलाकारको नजरमा कसरी लिनुभएको छ ? – यसलाई मैले अवसरको रुपमा लिएका छु । र यो मेरो पहिलो विदेश भ्रमण हो । त्यसैले ट्रर्निङ प्वाइन्टको रुपमा पनि लिएको छु । भविष्यका लागि यो भ्रमणमा राम्रो गर्नुपर्छ भन्ने अनुभूत हुन थालिसकेको छ । ० यूकेमा रहनुभएका दर्शक–स्रोतालाई के भन्नुहुन्छ ? – यूकेमा रहनुभएका नेपाली दाजुभाइमा भरपूर मनोरञ्जन दिन म तयार छु । ० कार्यक्रममा सेट गर्नुभएको छ ? – प्रत्यक्ष दोहोरी गाउने हो । त्यस्तै, सालैजो, कौरा गीत गाउने योजनामा छु । ० यूकेमा पुगेपछिको केही योजना छ कि ? – अनिता रानामगरको शब्दमा बनेको दोहोरी गीतको यूकेमा भिजुअल खिच्ने तयारी छ । ० तपाईं गीत–संगीततिर लाग्नुभएको समय ? – ०६१ सालमा मैले दमौली डुम्रे भन्सार पहिलो एल्बम निकालेँ । र पछि पत्रकारितामा लागेकाले एल्बम निकाल्न अलि ग्याप भयो । हिमचुली एफएममा चार वर्ष काम गरेँ । फेरि ०६५ सालमा जिन्दगी बग्ने गंगा हो, एल्बम निकालेँ । त्यस्तै ०६९ दसैंको बेला भिसिडि बजारमा ल्याएँ । ० भनेपछि गायन र पत्रकारिता दुवै हो ? – यति मात्र होइन , म नृत्य र मोडलिङ पनि गर्छु । ० कलाकारिता र पत्रकारितामा कुन राम्रो ? – पत्रकारिता भन्दा कलाकारिता फराकिलो लाग्छ । ० गीत–संगीतको बजार कस्तो छ ? – बजार नाजुक छ । राम्रो परफर्म, भोकल भएकालाई देश विदेशमा हुने औपचारिक कार्यक्रमका कारण बाँच्न सहज हुन्छ । ० लोकसंगीत जगेर्ना गर्न के गर्नुपर्छ ? – कलाकार एकजुट हुन सकेनन्, त्यहाँ पनि राजनीति छ । गीत निल्काल्न, भिजुअल चाहिन्छ । एउटा गीत टिभीमा एक मिनेट बजाउँदा महिनामा ५० हजार तिर्नुपर्छ । कलाकार एक हुनुपर्छ । ० प्रतिभाको प्रतिस्पर्धा कि व्यक्तिको ? – प्रतिभाको प्रतिस्पर्धा होइन । ० गीत मुनाफामुलक कि सेवामूलक ? – सेवामूलक हुनुपर्छ र सम्बन्धित मान्छेले बुभ्mनुपर्छ । यहाँ त गोजी भर्ने राम्रो प्रतिभालाई पैसावालाले विस्तापित गर्ने काम भइरहेको छ । साँच्चै कलाकार ओझेलमा छ । ० विवाह गर्नुभयो ? –छैन । ० कहिले गर्दै हुनुहुन्छ ? – छिट्टै गर्नुपर्छ भन्ने मान्यतामा छु । ० किन ढिला ? – मिल्न सकेको छैन । सायद समय नआएर होला । ० लोकगीतमा विकृति आएको छ भन्ने लाग्छ ? – साँच्चै विकृति आएको छ । लोकदोहोरी, न लोकगीत न आधुनिक भन्ने कन्प्mयुजन छ । शब्दमा  लोकपन छैन । म सबै कलाकारलाई अनुरोध गर्छु, मौलिक लोकगीत निकाल्न लागौं । ० केले लोकदोहोरी क्षेत्र खस्क्यो ? – प्रोमो बनाउने सिस्टमले बिगारेको छ । दोहोरी जति लामो गाइयो र सुनियो त्यति राम्रो हुन्छ । तर प्रोमोले राम्रो गरेको छैन ।

    केटा साथी छैन भन्दिनँ

    मिस नेपालमा १८ युवती

    मिस तामाङको उपाधि डोल्मालाई

Layeko maya by Hariman grg

Latest Photos

 
  • Photos

    party

  • Photos

    party

  • Photos

    यूकेमा बैबाहिक कार्यक्रम

  • Photos

  • Photos

    यूकेमा बैबाहिक कार्यक्रम

  • Photos

    यूकेमा बैबाहिक कार्यक्रम

  • Photos

    यूकेमा बैबाहिक कार्यक्रम

  • Photos

    यूकेमा बैबाहिक कार्यक्रम

  • Photos

    ओपन कन्सर्टमा नेपालबाट आएका कलाकारहरु

  • Photos

    मगर संघ यूकेद्वारा आयोजित ओपन कन्सर्ट

Photo Albums

 
  • Photos

    hk

  • Photos

    kolma bahakot samaj uk

  • Photos

    वर्ष ५, अंक ३५

  • Photos

    वर्ष ५, अंक ३४

  • Photos

    वर्ष ५, अंक ३३

  • Photos

    वर्ष ५, अंक ३२

  • Photos

    वर्ष ५, अंक ३१

  • Photos

    वर्ष ५, अंक ३०

More Videos

 
  • Mr. Dut pun's Poem

  • mathi mathi himal ko

  • Life in UK

  • Mr.Dut Pun with Sangeeta Marahatta

  • Interview with Aaryan Sigdel and Priyanka

  • Movie Song

  • Layeko maya by Hariman grg

  • Rajatpath April

  • Rajatpath April 24

  • Rajatpath 3 April