• mortgage
  • nepali tv
  • milan tamu
  • gurkha taxi
  • ime
  • namaste enterprise
  • Top Six
  • Top five
  • bgws radio
  • Top Third
  • everest travel
  • Top First
ताजा समाचार

E-paper Click Here

Epaper

Rasiphal

मेष मेष

( चु चे चो ला लि लु ले लो अ )
साताको सुरुमा समय प्रतिकूल रहनेछ । आत्मविश्वास बढ्ने देखिन्छ । अचानक काममा बाधा आउन सक्छ । काम समयमै सक्ने कोसिस गर्नुहोला । आर्थिक पक्ष राम्रो छ ।

Date Converter

Promotions

  • left one
  • Left Six
  • Left Five
  • Left Four
  • Left Three
  • Left One

मुख्य समाचार

जनजाति महासंघ ‘अल्पसंख्यक’को कब्जामा जनजाति महासंघ ‘अल्पसंख्यक’को कब्जामा
- आदिवासी जनजातिको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघको नेतृत्व अल्पसंख्यक कुमालले पाएको छ । नेपाली आदिवासी जनजाति आन्दोलनको इतिहासमै पहिलोपटक कुमालले जनजाति महासंघको नेतृत्व गरेको हो ।

काँग्रेस विभाग गठनमा पूर्णता
- नेपाली काँग्रेसले विभाग गठन कार्यलाई पूर्णता दिएको छ । सभापति सुशील कोइरालाले काँग्रेसको विधान धारा २४(८) र नियमावली २०६८ को परिच्छेद—३ दफा १३ (२) अनुसार विभागका सदस्यहरु मनोनयन गरेपछि विभाग गठन कार्यले पूर्णता पाएको हो ।

तस्वीर:

  • Photos

  • Photos

  • Photos

  • Photos

  • Photos

  • Photos

  •  बिजिडब्लुएससँग चीफ सुपरिटेन्डेटको छलफल बिजिडब्लुएससँग चीफ सुपरिटेन्डेटको छलफल
    ब्रिटिश गोर्खा वेलफेयर सोसाईटी (बिजिडब्लुएस)को प्रमुख कार्यालय गोर्खा भवनमा गत सोमबार हमसायर कन्सुट बुलरीका नयाँ चीफ सुपरिटेन्डेन्ट ज्याथन हगसँग स्थानीय क्षेत्रको समस्याबारे छलफल भएको छ ।

    डोनकास्टरमा वृद्ध आमाहरुलाई सम्मान

    जम्यो हास्यकारहरु

    ताप्लेजुङ समाज यूकेको गृष्मकालीन भेटघाट सम्पन्न

  • गुरुङ चलचित्र च्हयालयाब ट को पोखरामा शुभमुर्हुत कार्यक्रम सम्पन्न
    रोशनी गुरुङ
    सुपर युनिक एम्युजमेन्ट प्रा.लि.को पहिलो प्रस्तुती गुरुङ भाषा र संस्कृतिको चलचित्र च्हयालयाब ट (ओइलिएको फूल)को पोखरामा एक कार्यक्रमका बीच शुभमुर्हुत गरिएको छ ।

    राप्रपा अध्यक्षमा फेरि थापा

    समाजले अझै पचाउन सकेन समलिङ्गी सम्बन्ध

    बुद्ध जयन्ती सप्ताह सुरु

  • व्यक्ति होइन, मुद्दा स्थापित गरौं
    सम्पादकीय
    आदिवासी जनजाति आन्दोलनले कति मुद्दा स्थापित गर्न सक्यो, त्यो सबैले देखेकै कुरा हो । तर मुद्दा स्थापितभन्दा पनि अहिलेसम्म व्यक्ति भने पक्कै पनि स्थापित हुन सफल भए । जनजाति महासंघको पदमा पुग्ने विभिन्न व्यक्तिहरुले महासंघ र आदिवासी जनजातिलाई कति बनायो, तर व्यक्तित्व भने पक्कै पनि बनाएको दृष्टान्त छ ।

    कुमालका कार्यभारहरु ड्डधीरेन्द्र रुम्दाली राई

    २५५७ औं बुद्ध पूर्णिमा र यसको महत्व

    साझा मुद्दाका लागि साझा विचार, भावनाले अगाडि बढौं

  • पर्यटन प्रवद्र्धनका लागि पूर्णगाउँमा पनि घरवास
    म्याग्दीको पर्यटकीय टोड्के क्षेत्रमा पर्यटन भित्र्याउनका लागि घरवास(होमस्टे) सञ्चालन गरेपछि स्थानीयवासी उत्साहित बनेका छन् । भम्रणमा आउने पर्यटकलाई लक्षित गरी कुहँु गाविसको १ र २ नम्बर वडामा रहेको पूर्णगाउँमा होमस्टे सञ्चालन भएसँगै पर्यटक आगमन सुरु भएकाले स्थानीय उत्साहित बनेका हुन् ।

    पर्यटक लोभ्याउन ‘गुराँस ट्रेक’ विकास तयारी

    कीर्तिमानी दाजुभाइ

    सगरमाथा कालो देखिंदै, पर्यटक बढ्दै

  • गोर्खा कपको तयारी पूरा गोर्खा कपको तयारी पूरा
    साथै, उनले नन्भेट्रानतर्फ प्रथम हुनेलाई १ हजार पाउण्ड र दोस्रो हुनेलाई ६ सय पाउण्ड, भेट्रानतर्फ प्रथमलाई ७ सय पाउण्ड र दोस्रोलाई ५ सय पाउण्ड नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बताए । सो खेलका हाई स्कोरर र म्यान अफ द म्याच दुवैलाई ट्रफि प्रदान गरिने जनाए ।

    सहारा यूके डिभिजन–२ मा प्रवेश

    दिलीपले च्यारिटी दौडमा भाग लिए

    नेपाली क्रिकेटरको विश्वकप सपना

  • टुहुराको मन
    द्रोणाचार्य
    आफ्नो भाग्य सम्झेर ऊ धेरै बेर रोयो ।  पहिल्यै यसरी त्यो गाउँले केटो कहिल्यै रोएको थिएन, तर जब होटल मालिकले अनाहकमा गाली ग¥यो, त्यो टुहुरो, भाग्यले ठगिएको केटाले मन थाम्न सकेन । हतारहतार भाँडा माझ्योे, सधैंझैं टल्किएका भाँडामा आफूलाई हेरेन किनभने अनुहारमा बादल लागेको थियो अनि वर्षन मात्र बाँकी थियो, खानापनि खाएन, मालिकको वचनले अघाइसकेको थियो । आफ्नो दुःखको साक्षी होटलको सानो, उसको जीवनजस्तै निष्पट्ट अँध्यारो कोठामा हुर्रियोे, बिस्तरामा हाम्फाल्योे, सिरकले मुख छोप्यो अनि धुरुधुरु रोयो आफ्नो कर्म सम्झेर ।  रोएपछि मन अलि हल्का भयो । आमापनि हरेक दिन रुन्थी उसलाई छातीमा टाँसेर, उसकोे बाँच्ने सहारा उही त थियो । दिनभर काम गर्थी, अनि साँझ परेपछि जँडयाहा लोग्नेको गाली खान्थी, लात खान्थी, आफू नखाइ नखाइ छोरालाई खुवाउँथी, मीठामीठा कथा सुनाएर उसलाई सुताउँथी । बिचरीले कति रात रोइरोइ बिताइ बिताइ ।  आफ्नो छोरालाई काखमा खेलाउँदा सबै दुःख बिर्सन्थी ऊ, तर त्यस दिन उसले सहन सकिन ।  असार महिनाको पूर्नेको रात उसको जँडयाहा लोग्नेले सौता ल्यायोे । आश्रयहीन ऊ बहुलाहीझैं जङ्गलतिर दगुरी झरीमा, उसलाई लाग्यो लोग्ने, सौता र सारा समाज उसलाई भीरतिर लखेटिरहेछन्, उसका भगवान टुलुटुलु हेरिरहेछन्, मृत्यु उसलाई बोलाइरहेछ ।  नाबालक छोरो सम्झी तर यसपटक छोराको मायाले बाँध्न सकेन उसको मन । उसलाई लाग्यो ऊ अब छोराको लागि केही गर्न सक्तिन किनभने उसमा दुःख सहनसक्ने क्षमता बाँकी छैन ।   भीरछेउ पुगी, छोराका कोमल हातले छेकेजस्तो लाग्यो अनि लोग्ने र सौताका बलिया हातले घचेडेजस्तो लाग्यो । अनि ऊ भीरबाट हाम्फाली । उसको दुःखको अध्याय सकियो, छोराको शुरु भयो ।  सौतेनी आमाको खटनमा उसको कष्टकर जीवन शुरु भयो । पढाइ छुट्यो, घाँसदाउरा गर्दैमा बाल्यकाल बित्न लाग्यो । यतिसम्म त सहेकै थियो, तर दिनभरि काम गर्दा पनि भोकभोकै सुत्नुपर्दा, सौतेनी आमाको गाली सुन्नुपर्दा, पिटाइ खानुपर्दा टुहुराको मन रुन्थ्यो ।  गाउँमा ऊजस्ता अभागीहरूको कमी थिएन । घाँसदाउरा खोज्न जाँदा, गाइ चराउन जाँदा ती दुखी केटाकेटी मनको वह पोख्थे, आफ्नो भाग्य सम्झेर रुन्थे । रोएर मात्रै जीवन चल्दैनथ्यो, त्यसैले तिनले घर छोड्ने सल्लाह पनि गर्थे । ठूला सपना थिएनन्, खाली सौतेनी आमाको पञ्जाबाट कसरी छुट्ने, जँडयाहा, अकर्मण्य बाबुको अन्यायी संसारबाट कसरी भाग्ने भन्ने ध्याउन्नामात्र थियो बिचराहरूको ।  दशैंका बेला लाहुरे आउँथे, दिल्लीको कुरा गर्थे, बम्बैको झिलिमिलिको, हङकङको, ब्रुनाइको कुरा गर्थे । अनि ती भर्खर जुँगाको रेखी बसेकाहरू विदेशी सेनामा भर्ना हुन लालायित् हुन्थे, अकर्मण्य बाबुसँग नसकेपनि बाँकी संसार जित्न सकिन्छ भन्ने सोच्थे ।  आमाको बर्खी भर्खरै सकिएको थियो । सौतेनी आमा दुईजीउकी थिइ । बच्चा पाउने दिन नजिकिँदै जाँदा उसको अत्याचार झनभन बढ्दै थियो । गाई भीरमा चर्दै थिए, उसको मन चैते हुरीझैं बत्तिँदै थियो ।   यतिकैमा ठुलाघरे रामबहादुर आइपुगे । “भारी पुग्यो भाइ,” उनले सोधे । “छैन दाइ,” उसले खुइय काढयो मानौँ एकैचोटि छातीभित्रको जम्मै व्यथा एकै सासमा उडाउन चाहन्छ ।  कुरैकुरामा उसले थाहा पायो रामबहादुर त लाहुर जान लागेका रहेछन् । उसलाई ढुङ्गा खोज्दा देउता मिलेझैँ भयो । रामबहादुरको खुट्टामा छाँद हालेर रोयो । एकैछिन त लाहुरे अकमक्क प-यो तर तुरुन्तै सम्हालियो । सोध्यो, “किन, के भयो भाइ?”  उसले भन्यो, “मलाइ पनि तपाईँसँगै लैजानुस् दाई । म तपार्इँको खाना पकाउँछु, भाँडा माझ्छु, जुता टल्काउँछु, लुगा धुन्छु । मलाइ खानेबस्ने व्यवस्था मिलाइदिनुस्, तपाईँको सेवा गरेर बस्छु” ।   लाहुरेले केटाको दुःख देखेको थियो, हुन्न भन्न सकेन । त्यसपछि तिनीहरू लागे गोरखपुर ।  थाप्लेको सिरानबाट गोरखपुर देखिन्छ भन्ने सुनेको थियो उसले, आँखै अगाडि देख्दा त जिल्ल प-यो । रहँदाबस्दा गोरखपुरका गल्लीगल्लीसँग परिचित भयो, लाहुरेको सक्दो सेवा ग-यो । पल्टनमा भर्ती हुन खोज्याथ्यो तर खिरिलो ज्यानले के साथ दिन्थ्यो । अन्त्यमा उसले गोरखपुरको एउटा होटलमा भाँडा माझ्ने काम पायो, दुःखको अर्को श्रृंखला शुरु भयो ।  कहिले आधी पेट, कहिले खाली पेट धेरै भाँडा चम्कायो उसले, त्यसमाथि साहुको गाली त कति खायो खायो । गोरखपुरको त्यो अँध्यारो कोठामा जब पल्टन्थ्यो, आमा सम्झेर रुन्थ्यो, सौतेनी आमाको प्रताडना सम्झेर रुन्थ्यो, बाबुको लात सम्झेर रुन्थ्यो, आफ्नो भाग्य सम्झेर रुन्थ्यो । अपरिचित् शहरका गल्लीगल्लीमा त्यो बिचरो आफ्नो गाउँ खोज्थ्यो, अपनत्व खोज्थ्यो र हरेक साँझ हारेको योेद्धाझैं थकित ओढारजस्तो कोठामा फर्कन्थ्यो ।  जीवन यसैगरी चल्दै थियो, ऊ लड्दै थियो, रामबहादुर पनि लड्दै थियो, कहिले असमको जङ्गलमा, कहिले कश्मीरमा, विदेशीको इशारामा, विदेशीकै स्वार्थमा केही रुपियाँका लागि, मूल्यहीन तक्माका लागि, ‘वीरगति’ पाउनु व्यर्थको बलिदानको उत्कर्ष थियो ।  यस्तैमा एकदिन घरबाट चिठी आयो । सौतेनी आमा बितिछन्, छोरालाई एक्लै छोडेर ।  एक मन त सोच्यो, मेरो को छ र गाउँमा जाउँ, किन जाउँ त्यो अन्यायी संसारमा जसले मलाइ धकेलेर यहाँसम्म ल्याइपु-यायो ? आमा थिइनन्, बाउ पराइ भैसकेको थियो, के साइनो लिएर जाने ?  तर ऊ रातभर निदाउन सकेन, त्यो अबोध बालकको अनुहार आँखाभरि नाचिरहयो । आफूलाई उसका कोमल हातहरूले बोलाएजस्तो लाग्यो, सहारा खोजेजस्तो लाग्यो ।  अनि ऊ आफ्नो बाबुजस्तो, सौतेनी आमाजस्तो अनि होटलको साहुजस्तो निर्दयी हुन सकेन । मानवताको अगाडि निर्दयता हा-यो । चिठी पाएको अर्को दिन सखारै ऊ घरतिर लाग्यो सारा दुःख बिर्सेर । बाटोभरि उसलाई कतिखेर घर पुगूँला भन्नेमात्र लागिरह्यो, छटपटी भैरह्यो, पछि छुट्दै गैरहेका पहाड, जङ्गल, बजारहरूप्रति बेपर्वाह उसको मन रेलसँगै, बससँगै कुदिरह्यो निरन्तर घरतिर ।  ऊ घर पुग्दा साँझ परिसकेको थियो, कुकुरहरू भुकिरहेका थिए अपरिचितको आगमनमा । घरको उध्रेको छानाबाट जून चियाउँदै थियो गरिबको स्वर्गमा । उसको भाइ रोइरहेको थियो एकनास एक्लो घरमा, बाबु शायद रक्सी धोक्न गएको थियो ।  उसले बच्चालाई समात्यो र छातीभित्र लुकायो । आमाले भन्थी मान्छे बितेपछि जून हुन्छ, तारा हुन्छ अनि आफ्नाहरूलाई सधैँ हेरिरहेको हुन्छ, पछयाइरहेको हुन्छ । उसलाई लाग्यो आमा जून भएर उसैलाई हेरिरहेकी छे अपलक ।  

    भौतारीनुको मज्जा बेग्लै हुन्छ

    वैवाहिक वर्षगाँठ

    विखण्डित मन

  • समान बुझाइ रहेकाले विवाह ‘स्योर’ समान बुझाइ रहेकाले विवाह ‘स्योर’
    सम्बन्ध ‘फेसबुक’बाट विस्तार भएको हो । एकअर्काको बुझाइमा एकरुपता आएकाले विवाह ‘स्योर’ छ ।

    बेलायत भ्रमण ‘टर्निङ प्वाइन्ट’

    केटा साथी छैन भन्दिनँ

    मिस नेपालमा १८ युवती

  • मेरो राजनीतिक जीवनमा मेरी आमा
    म मेरो आमाप्रति गौरव गर्दछु । मेरो आमाको कठोर संघर्षमय जीवनको स्मरण गर्दछु । मेरो आमाको सक्रिय र गतिशील जीवन व्यवहारको सम्मान गर्दछु ।

  • छालाबाट भ्रुणकोष तयार
    अमेरिकी अनुसन्धानकर्ताहरूले मानव छालाकोषलाई भ्रुणकोषमा परिवर्तन गरिएको कुरा ब्याख्या गर्दै मूलकोषको अनुसन्धानमा ठूलो उपलब्धि प्राप्त भएको बताएका छन् । ओरेगन राज्य विश्वविद्यालयका वैज्ञानिकहरूले सेल नामक पत्रिकामा यस विधिले मानव क्लोन सिर्जना गर्न भने नसकिने बताएका छन् ।

  • लागूऔषध रोकथाममा उपचार केन्द्रको भूमिका
    बसन्त कुवर
    ड्रग्समा परेका व्यक्तिलाई उपचार तथा पुनस्र्थापनाको आवश्यकता पर्दछ । उपचार केही दिनको मात्र कुरो हो ।

    पुस्तक प्रेम

    स्वास्थ्य रहने सरल उपाय

  • जेल गए संजय दत्त जेल गए संजय दत्त
    भारतको सर्वोच्च अदालतले हिन्दी चलचित्रका प्रख्यात कलाकार सञ्जय दत्त दोषी भएको थप ठहर गर्दै उनको न्यायिक पुनरावलोकनका लागि गरेको अनुरोधलाई गत हप्ता अस्वीकार गरको थियो ।

    सिक्का उफारेर निर्वाचनको नतिजा

    इमरान खानको पार्टीका महिला नेत्रीको हत्या

    पाकिस्तानी निर्वाचनले देखाएको बाटो

  • चुरा कला सिक्ने की ? चुरा कला सिक्ने की ?
    “मेहनतको फल मीठो हुन्छ, जिउनुको सार्थकता मैले पेन्टिङमा देखेकी छु”, नेपालकी पहिलो चुरा कलाकार कल्याणी राजोपाध्याय एकदिन यो उत्साहमा भेटिइन् ।

Layeko maya by Hariman grg

Latest Photos

 
  • Photos

  • Photos

  • Photos

  • Photos

  • Photos

  • Photos

  • Photos

  • Photos

    party

  • Photos

    party

  • Photos

    यूकेमा बैबाहिक कार्यक्रम

Photo Albums

 
  • Photos

    tamu dhee press meeting

  • Photos

    भारतीय गोर्खा भूपू सैनिक संघ हङकङको द

  • Photos

    Kolma Bahakot Samaj UK

  • Photos

    वर्ष ५, अंक ३५

  • Photos

    वर्ष ५, अंक ३४

  • Photos

    वर्ष ५, अंक ३३

  • Photos

    वर्ष ५, अंक ३२

  • Photos

    वर्ष ५, अंक ३१

More Videos

 
  • Radho Radho

  • Quiz Mania

  • Tito Satya (23rd May 2013)

  • Meri bassai (21st May 2013)

  • Jire Khursani( 20th May 2013)

  • Sajha Sawal

  • Nagendra Kumar Kumal

  • Miss Tamusyo 2069 Pokhara

  • MONA UK Nepali New Year 2070

  • Gorkhali Youth Charity Dinner