everesttimes.org.uk

Some useful Links

पत्रकारको लागि पाँच लाखको अक्षयकोष

By: धर्मराज अधिकारी
Posted On: 2012-01-21 17:39:30

गैरआवासीय नेपाली संघ (एनआरएन) बेलायतले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता दोहो¥याएको छ । पत्रकार, शिक्षा व्यवसायी, विद्यार्थी, कानुनविद् एवं समाजसेवीहरुको रोहवरमा एनआरएनले विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । एनआरएन युकेको पहलमा इलिङ्ग ब्रोडवेस्थित हङ्ग्री यतीमा आइतबार भेला भएका शिक्षा व्यवसायीहरुले आपूmहरु विद्यार्थीको सवालमा अति संवेदनशिल भएको प्रष्ट्याए । हामीले विद्यार्थीलाई पीडा दिन खोजेका छैनौं, हाइली ट्रष्टेड कलेज साउथ लण्डनका निर्देशक राजेन क“डेलले भने, केही विद्यार्थीलाई पीडा परेको भए उनीहरुलाई सहयोग गर्न तयार छौं । बेलायतमा आफ्नो अध्ययन सम्झदै कँडेलले विद्यार्थी जीवन आफ्नो लागि पनि पीडादायी रहेको सुनाए ।

एनआरएन अध्यक्ष कुल आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वविद्यार्थी नेता विश्वआदर्श पण्डितले विद्यार्थीहरुलाई सहयोग गर्नका लागि ‘कलेक्टिभ फन्ड’ जम्मा गर्न सबैमा आग्रह गरे । विद्यार्थीहरुको पीडाले आपूmलाई मर्माहत बनाएको बताउ“दै एनआरएन आईसीसी सदस्यसमेत रहेका पण्डितले उनीहरुको पीडामा सहयोगी बन्नुपर्ने धारणा राखेका थिए । कानुनविद्द्वय राजु थापा र दीपक भट्टराईले विद्यार्थीहरुको स्टाटस, उनीहरुले पालना गर्नुपर्ने नियम कानुन, कलेजहरुले पूरा गर्नुपर्ने प्रावधानलगायतका विषयमा जानकारी दिएका थिए । बेलायत सरकारको परिवर्तित नियमले विद्यार्थीलाई ठूलो मार परेको जनाउ“दै उनीहरुले पछिल्लो नियमबाट कलेज व्यवसायीहरु पनि मारमा परेको बताए ।

नेपाली दूतावासका सचिव खीमानन्द भूषालले विद्यार्थीहरुका सवालमा शिक्षा मन्त्री दिनानाथ शर्मा र सचिव किशोर थापास“ग दूतावासले कुरा उठाएको बताए । एनआरएन राष्ट्रिय संयोजक रामशरण सिंखडाको सञ्चालन रहेको कार्यक्रममा उपाध्यक्ष महेन्द्र क“डेल, पूर्वविद्यार्थी नेता कृष्ण भट्टराई, पत्रकार नवीन पोखरेल, राष्ट्रिय विद्यार्थी संगठन बेलायतका केन्द्रीय सदस्य सूर्यप्रकाश भट्ट, विद्यार्थीका तर्फबाट यज्ञ पाण्डेलगायतले बोलेका थिए । विद्यार्थीहरुका समस्या समाधानका लागि विभिन्न चरणमा छलफल भएको थियो । छलफलपछि एनआरएन मातहत रहनेगरी विद्यार्थी हेल्प डेस्क स्थापना गरिएको छ । हेल्प डेस्कमा एनआरएन आईसीसी सदस्य विश्वआदर्श पण्डित, पूर्वविद्यार्थी नेता एवं सल्लाहकार कृष्ण भट्टराई, कानुनविदद्वय राजु थापा र दीपक भट्टराई, व्यवसायी कृष्ण भट्ट, डा. पदम सिंखडा, गणेश गुरुङ, विद्यार्थी प्रतिनिधि सूर्यप्रकाश भट्ट रहेका छन् ।

कार्यक्रममा एनआरएन सदस्य रमेश शर्मा बास्तोलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यस्तै एनआरएन युकेले महिला प्रतिनिधिमा सदस्य संगीता मरहा र युवा संयोजकमा मनिषा डंगोल श्रेष्ठलाई मनोनयन गरेको छ । यसैबीच एनआरएन युकेले केन्द्रस“ग सहकार्य गर्ने गरी पत्रकार अक्षयकोष स्थापना गरेको छ । डायस्पोरा र नेपालमा कार्यरत एक एकजना पत्रकारहरुलाई सहयोग गर्ने मनस्थितिअनुरुप अक्षयकोष स्थापना भएको युके संयोजक रामशरण सिंखडाले जानकारी दिए । अक्षयकोषको सञ्चालनका लागि पत्रकार महासंघका अध्यक्ष शिव गाउ“ले र एनआरएनले न्युनतम साझा सहमतिमा हस्ताक्षर गर्ने बताइएको छ । सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउ“ले एवं नेपाल पत्रकार महासंघ बेलायत शाखाका नवनिर्वाचित पदाधिकारीहरुलाई एनआरएन युकेका अध्यक्ष कुल आचार्यले खादा लगाइ सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गाउ“लेले नेपालमा पत्रकारिता अत्यन्त जटिल बन्दै गएको बताए । पत्रकारहरुले समाचार छापेकै आधारमा धम्की आउने, जीउधनको सुरक्षा नहुनेलगायत शारीरिक एवं मानसिक पीडा झेल्नुपर्ने बाध्यता रहेको औंल्याए । यस्तै नवनिर्वाचित युके शाखाका अध्यक्ष नवीन पोखरेलले डायस्पोरामा रहेका नेपाली पत्रकारहरु पनि यस्तै पीडाबाट अछुतो नरहेको बताए ।

संबन्धित समाचारहरु